काठमाडौं - काठमाडौंको कुलेश्वरमा मिटपार्क-नन्भेज हेभन रेस्टुराँ खुलेको छ । डेढ करोड रूपैयाँको लगानीमा सञ्चालनमा आएको यस रेस्टुराँले २५ जनालाई रोजगारी प्रदान गरेको छ ।
शनिबार चर्चित हास्य टेलिसिरीयल ‘मेरी बास्सै’ का वरिष्ठ कलाकार सुरवीर पण्डित (दारी बा) र रामचन्द्र अधिकारी (गोक्ते काजी) को उपस्थिीतिमा रेस्टुराँको औपचारिक उद्घाटन गरिएको छ ।
किरण गौतम, प्रकाश सापकोटा लगायत तीन जनाको लगानीमा रेस्टुराँ सञ्चालनमा आएको हो । मिटपार्क—नन्भेज हेभन रेस्टुराँले आफ्नो मेनुमा उपलब्ध परिकारहरूमा चैत महिनाभरी १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सञ्चालकका अनुसार दुई वटा बियर खरिद गर्दा एक पुन्टे बियर र एक सेट सेकुवा निःशुल्क उपलब्ध गराईने छ ।
दाउराको आगोमा बनाईने सेकुवा यहांको विशेष परिकार हो । यसबाहेक चिकेनका विभिन्न आइटमहरु यहाँ उपलब्ध छन् । तीन वटा बेग्ला–बेग्लै क्याबिनको सुविधा भएको मिटपार्कमा एकै पटकमा १ सय ५० जना बस्न मिल्ने क्षमता छ ।
बिभिन्न पेन्टिङ र आकर्षक सजावट भएको मिटपार्कमा जन्मदिन, पास्नी, भोज, वार्षिकोत्सव लगायत अन्य विशेष कार्यक्रमहरु पनि सेलिब्रेट गर्न सकिने छ । सानीमा बैंकको छेउमै रहेको मिटपार्कमा पर्याप्त पार्किङको सुविधा समेत छ ।