को कसका भगवान् हुन् ? को कसका शैतान हुन् ? आजकल बुझ्नै गाह्रो भएको छ । विश्वासभन्दा ठूलो सत्य, धर्म र भगवान् सायद हुँदैन होला । भगवान्मा विश्वास नगर्नेहरु झनै भगवान्को पछि लाग्ने छन् । कोही ढुंगाको भगवानको पछि लाग्छन्, कोही शक्ति लिएर बसेका योगीको पछि लाग्छन् त कोही सत्तामा बसेका ब्वाँसाहरुलाई भगवान् मानिरहेका छन् ।
कहिलेकाहीँ त्यही विश्वासलाई भगवान् मानेर पुजिरहेकाबाटै धोका भयो भने मन रुन्छ । अहिले कृष्णजीलाई त्यही नै भएको छ । कहिले गोपिनीहरु लगाएर चिर हरण गर्ने काम, कहिले सुनको गुन लगाएर पत्तासाफ बनाउने काम भयो उनकै भगवान् ‘प्रचण्ड’बाट ।उनी बहादुर थिए कि थिएनन् थाहा छैन । तर आफन्तको मृत्युमा शोक मनाउन हिँडेका कृष्णलाई वरिपरिबाट छेको लगाएरै मुसा समातेजस्तै च्याप्प समातियो । उनको बहानलाई जुन बाटो आयो त्यही बाटो फर्काएर हवाइजहाज नै चढाएर ल्याइयो ।
रक्षकहरुले च्याप्प घेरा हाल्दै लावण्ड देशका नवराजलाई हात्तीले बोकेर ल्याएजस्तै कृष्णजीलाई विमानस्थल पु¥याइयो । कृष्णजीको अनुहारमा विगतको जस्तो तेज थिएन । उनको विगतको रंगीन तेज अर्धांगिनीको स्वर्गवास भएसँगै क्रमशः खुइलिँदै गएको थियो । खुइलिँदै गएको कपाल, त्यस्तै भएको अनुहारको तेजमा कृष्णजीलाई यस्तो लिला होला भन्ने हेक्कै थिएन । सुनको गुनका लागि रक्षकहरुको घेराबन्दीमा परेका कृष्णजीले आफ्ना विश्वासलाई तार चिठ्ठी हानी पो हाले !
तार चिठ्ठीमा शब्द प्रदान भए । तर आदान भएन । लामो समयसम्म स्वीकार गरेको विश्वास, सत्य धर्म सबै निमेषभरमा चकनाचुर भयो । अहिले भगवान् विष्णुका अवतारमा रहेको पुष्पक विमानमा सवार हुने पुष्पकमललाई कृष्णजीले दुःखेसो गरे– ‘कमरेड, के यो न्यायसंगत हो र ? शोकमा डुबेर हिँडेको मलाई तपाईंका रक्षकहरुले भक्षक नै बनाइदिए कमरेड !’
कृष्णजीको सोधाइमाथि कमरेडको कुनै उत्तरले लामो समयसम्म मानेको विश्वास ढुंगामा परिणत भएजस्तै भयो । अर्थात् कष्टका बेला भगवान् जति नै पुकारे पनि ढुंगा पग्लिन्थ्यो होला तर पुष्पकमल पग्लिएनन् !विष्णुका अवतार लिएका पुष्पकमल आफ्ना शिष्य कृष्णलाई भन्छन्, कमरेड अहिले सत्ताको जो कुरा छ । तलमाथि भयो भने दुश्मनले फेरि धारे हात लगाउँछन् । पाए यिनीहरुले टाउकैको मोल फेरि तोक्न सक्छन् ? ‘अहिले सुग्रिवकै हातमा सबै कुरा जिम्मा लगाएको छु । म आफूलाई यो अवस्थामा कसरी रछ्यानमा पु¥याउन सक्छु र कमरेड ! जे हुनु भयो, भयो । अब आफैं सम्हालिनुहोला ।’
विश्वास नै भगवान् हो भन्ने सायद कृष्णजीलाई पहिले नै थाहा थियो, र एउटा कालखण्ड बिताइदिए । तर भगवान्ले आफ्नो गद्दीका लागि कृष्णजीहरुलाई लम्पसार बनाइदिए ।जसरी रावण आफ्नै भाइ विभिषणका कारण समाप्त भएका थिए । सायद कृष्णजीका कारण पुष्पकमल समाप्त हुने हुन् कि पुष्पकमलका कारण कृष्णजी सकिने हुन् ! तर कमरेड संकटमा विश्वास नै भगवान् मानेर हिँडेकालाई संरक्षण गर्नुपर्ने हो कि ! ‘हस् ! ओके, बाई कृष्णजी !’ हावा चिठ्ठी फ्याट्ट काट्छन् ।
मनमनै कृष्णजी सोच्छन्– थुइक्क साला जिन्दगी । बरू त्यही मास्टरको जागिर नै ठीक थियो । कम्तीमा आजको दिन त देख्नुपर्ने थिएन । पाप धुरीबाट कराउँछ भन्थे हो रैछ । विश्वासले आज एउटा सुग्रिव आफ्ना सेनाहरुलाई समुद्रमा पुल बनाउने कार्यमा सक्रिय तुल्याइरहेका छन् । सायद रामायण कथाको किस्किन्धा राज्य हात पार्ने योजनामा नै होला । दशौं वर्ष विश्वास गरेर रणभूमिमा लागेका कृष्णजीको रथले सायद काम गरेन । भगवान्लाई सधैं भगवान् नै बनिरहन मन लागेको हुनसक्छ । त्यही भएर पनि होला कमरेड सुग्रिवहरुसँग किस्किन्धा राज्यमा दंग छन् ।
अहिले कुनै पनि विश्वास अर्थात् भगवान्का अनुहारमा चमक छैन । चमक छ त केवल सुग्रिवकै छ । सुग्रिवहरु राज्य हत्याउने प्रयासमा छन् । त्यही भएर अब कृष्णजीहरुलाई लंकातिर पठाउनुपर्छ भन्ने सुग्रिवहरु सोचिरा’छन् ।
विचरा विष्णुका अवतार लिएर बसेर पुष्पविमान चढेर मात्र के काम ? शक्तिशाली रावण भएर के काम ? एउटा वानरले पुरै लंका ध्वस्त पारिदिएको छ । कमरेड पुष्पकमल, अब कृष्णजीहरु मात्र होइन अरूलाई पनि घिसार्दै लैजाने भगवान्हरु अनुहार देखाउनुपर्ने छ । सुग्रिव भन्छन्, ‘यो कृष्णजीलाई कंशका हातमा मात्र पु¥याएको हो । यहाँ धेरै कृष्णजीहरु छन् सबलाई पालैपालो धुुसुमुन्ट्याउनुपर्छ ।’
सुग्रिवको रामकहानीमा दंग परेका विष्णु राम भेट्न सक्छन् कि सक्दैनन् थाहा छैन तर दाम भने राम्रै भेट्छन् ।कृष्णजीको फुङ उडेको अनुहारमा कतिको भगवान्का अनुहार पनि आइरहेका होलान् । उता खड्गबहादुर काका ‘बल्ल प¥यो निरमाया माकुरी जालैमा’ भन्दै सारंगी रेट्दै छन् । नेत्रहरु नेत्र चम्काउँदै बल्ल खाली ठाउँ भर्न पाउने भो भन्दै एक प्याक ठोक्दै छन् ।
विचरा कृष्णजी भने आफ्नो विश्वासबाट साथ नपाउँदै भिमसेन थापा होलान् भन्ने डर पनि छ । कमरेडहरुलाई ! कर कमरेडहरुलाई कमाउरेडले साथ थिएका छन् । राजा नभएर राज्य अड्केको देश हो र ? बरू किस्किन्धा राज्य बनाउने नि ? कमरेडहरुलाई बालै भएन । कृष्णजीहरुलाई गोपिनीहरुले आफ्नो बाटो लगाइदिन्छन् ।
रामराज्य बनाउँछ भन्नेले ल्याएको गणऽतन्त्र पनि देखियो ? कृष्णजीले रथ हाँकेर अर्जुनलाई दिएको दुष्टि पनि भोगियो ? पहिलेको पुराणमा पो एउटै विष्णु भगवान्ले राज गर्थे ? अहिले त विष्णु भगवान्का रुप पनि कति हो कति हो ? भगवान्का रुपमा लिएर रावणको व्यवहार गर्नेहरुले रामराज्य बनाउँछु भन्दा कसले पो पत्याउला र ? विचरा कृृष्णजी त आफ्नो भगवान्ले नपत्याउने थापाथलीतिर पाचक चपाउन जानु परेको छ !
‘जाऊ कमरेड जाऊ, तिमी आफ्नै हात समाऊ । तिम्रा भगवान्का रुप त कुरुप भइसक्यो ! कुरुप अनुहारले तुरुप हानेपछि न त सुनको गुनले काम गर्छ ।’ कृष्णजीले मनमनै आफ्ना भगवान्का अनुहार सम्झँदै भन्छ र रक्षकहरुसँग जान्छन् ।तर रक्षकहरुसँगै गएका कृष्णजीलाई स्वास फेर्न कठिन हुन्छ । उनी स्वाँ स्वाँ गर्छन्, भर्खर पहाड चढेर आएको भरियाजस्तै । पहिले बोकाउन लगाइएका सुनका भारीले उनलाई बल्ल पो थिच्दै छ । उनका भगवान्लाई उनलाई सुनको भारीको थिचाइबाट बचाउँछ कि अझै थिचाउँछन् । जे छ उनकै भाग्यमा छ ।
कर्मअघिका भइपर्छ आई
बुद्धि उहीमा फिर्ज जाई
आफ्नै भाग्यमा जति लेखिएको
को छन् मेट्ने भगवान् देखिएको ?