काठमाडाैं - फलफूल नर्सरीको व्यावसायिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरणका लागि नेशनल होर्टिकल्चर एक्स्पो २०८० हुने भएकाे छ । भृकुटिमण्डप प्रदर्शनी स्थलमा यही चैत्र १६ देखि १९ गतेसम्म देश भरिका नर्सरी व्यवसायीहरुको जमघटका साथ नेशनल होर्टिकल्चर एक्स्पो २०८० हुने भएकाे नेपाल नर्सरी संघले जनाएकाे हाे ।
उक्त प्रदर्शनीमा देश भरिका नर्सरी व्यवसायीहरु,सम्पूर्ण नर्सरी क्षेत्रको विज्ञ तथा प्राविधिकहरुसँग प्रत्यक्ष भेटघाट पनि हुने जनाइएकाे छ। पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरीको व्यावसायिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि हुने् बताइएकाे छ ।
त्यस्तै नर्सरी व्यवसाय सम्बन्धी सघन जानकारी पनि दिइने भएकाे छ ।याे प्रदर्शनी नव उद्यमी, अध्ययन तथा अनुसन्धानकर्ताको लागि वृहत् साझा मञ्च पनि हुनेछ । उक्त प्रदर्शनी बिहान ९ बजेदेखि ६ बजेसम्म हुने आयाेजकले जनाएकाे छ । सर्वसाधारणका लागि प्रवेश शुल्क रु १०० लाग्नेछ भने विद्यार्थीका लागि रु ५० लाग्ने जनाइएकाे छ ।