काठमाडाैं - बहराइनसँग खेलेकाे फुटबलमा ५ गाेलले नेपाल पराजित भएकाे छ। नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग ‘होम म्याच’ प्रतिस्पर्धा गरेकोमा पराजित भएकाे हाे ।
नेपाल खेलको पहिलो हाफमै ३ गोलले पछि परेको थियो । खेलको दोस्रो हाफमा थप २ गोल खान पुग्यो । बहराइनका माहदी हुमैदान, सायद बकेर, अली मदान, इब्राहिम अल-खताल र अब्दुल लतिफले गोल गरे । खेलको दोस्रो मिनेटमै माहदी हुमैदानले बहराइनलाई शुरूआती अग्रता दिलाए ।
त्यसको ७ मिनेटपछि नै सायद बकेरले बहराइनको अग्रता दोब्बर बनाए । खेलको ८७औँ मिनेटमा इब्राहिम अल-खतालले गोल गरे । दोस्रो हाफमा थप गरिएको समयको छैटौँ मिनेटमा अब्दुल लतिफले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ५-० गोल अन्तरले पराजित गर्यो ।
मूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोट अन्तर्गत यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेलेको हो । यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ ।