लिस्बन - पोर्चुगलमा राहदानी सेवा सुरु भएकाे छ । पोर्चुगलको राजधानी लिस्बनमा विद्युतीय राहदानीकाे सेवा आइतबारबाट सुरु भएकाे हाे ।
नेपाली दूतावास फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतकाे नेतृत्वमा दरखास्त संकलन भएकाे हाे ।
लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा आइतबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ ।