दाङ - सहनशील दिदीबहिनी अल्लो धागो उद्योगले घरेलु प्रविधिबाट अल्लोलाई प्रशोधन गरेकाे छन् ।
दाङको घोराही उपमहानगरपालिका –१३मा रहेकाे सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट आवद्ध महिलाहरुले प्रशोधन गरेका हुन् ।
जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ ।