काठमाडौं - विदेशबाट पठाएको रेमिट्यान्स आइएमई पेमार्फत प्राप्त गर्दा पाँच सयसम्मको बोनस दिने भएकाे छ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हाे ।
फागुन दस गतेबाट सुरु भएको सो अफर दुइ महिना सम्म रहने छ । यस अफर अन्तर्गत विदेशमा रहेको सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनस सम्म पाउन सक्ने छन् ।
मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ ।