काठमाडाैं - स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बिच सहकार्य हुने भएको छ ।
मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले, कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसका लागि आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाबाट सहयोग हुने र यसबाट एकीकृत केन्द्र सञ्चालन सहकार्य गर्ने सहमति भएको हो ।