काठमाडाैं - एसइई परीक्षा आजबाट सुरु भएकाे छ । २०८० सालकाे एसइई परीक्षामा विद्यार्थीहरु मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना सहभागी भएका छन् ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौंका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको परीक्षा बोर्डले जनाएकाे छ । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ ।
- श्रृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरु क्षेत्र गाउँपालिको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गोडाले लेखेर एसइई परीक्षा दिँदै ।
- हुम्लाको मानसरोवर माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एसइई परीक्षा दिँदै परीक्षार्थी ।
- धनुषाको क्षिरेश्वरनाथ नगपालिका–२ स्थित श्री क्षिरेश्वर जनता माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बिहीबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी ।
- संखुवासभाको खाँदबारीस्थित रहेको श्री हिमालय माध्यमिक विद्यालयमा रहेको ‘क’ केन्द्रमा बिहीबार एसइई परीक्षामा सहभागी विद्यार्थी ।
खाँदबारी तस्बिर:सुजन ताम्राकार/रासस
- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत मलङ्गवा–२ स्थित पब्लिक माविमा बिहीबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा परीक्षा दिँदै विद्यार्थी । परीक्षा २७ चैतसम्म चल्नेछ ।
मलंगवा तस्बिर:विश्वनाथ ठाकुर/रासस
- सुनसरीको इनरुवास्थित भगवती मावि परीक्षा केन्द्रमा बिहीबार एसइई परीक्षा दिँदै परीक्षार्थी । जिल्लाका ५० परीक्षा केन्द्रमा ३२५ विद्यालयका १३ हजार ६०८ विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाई, सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
तस्बिर:नवीन गड्तौला/रासस
मोरङको बेलबारी– ११ लक्ष्मी मार्गस्थित रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा परीक्षा केन्द्रमा एसइईमा परीक्षामा सहभागी विद्यार्थी ।
बेलबारी तस्बिर:विवेक मिश्र/रासस
चितवनको नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर उप–केन्द्रमा बिहीबार एसइई परीक्षा दिँदै दृष्टिबिहीन विद्यार्थी ।
नारायणगढमा एसइई परीक्षा दिँदै दृष्टिबिहीन विद्यार्थी तस्बिर:सनद अधिकारी/रासस
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –८ खजुरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (खजुरा स्कुल) मा अपाङ्गता भएका व्यक्तिहरु एसइई परीक्षामा सहभागी हुँदै ।
अपांगता भएका व्यक्तिहरु एसइई परीक्षामा दिँदै तस्बिरः सुरेश आचार्य/रासस
एसइई परीक्षामा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट ३४ र बाँकेकै बैजनाथ गाउँपालिकास्थित नौवस्ता बालसुधार गृहबाट १२ गरी ४६ जना बालबिज्याईँकर्ताले बिहीबार एसइई परीक्षा दिँदै ।
जानकी बाँकेमा एसइई परीक्षा दिँदै बालबिज्याँईकर्ता तस्बिर:रुपनी जिएम/रासस
सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैंटेस्थित सूर्य प्रकाश माध्यमिक विद्यालयमा बिहीबार एसइई दिन आएका विद्यार्थीलाई स्वागत गर्दै केन्द्राध्यक्ष टिकाराम बास्तोला ।
परीक्षा दिन आएका विद्यार्थी स्वागत तस्बिर:सुरेश आचार्य/रासस
एसइई परीक्षा दिनका लागि बिहीबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको चण्डी माध्यमिक विद्यालयका विद्यार्थी पोखरा–३२ स्थित गोगन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ।
तस्बिर:वासुदेव पौडेल /रासस
-
- काठमाडौँँको तारकेश्वर नगरपालिका–१० मनमैजुको मानसिंह धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा बिहीबारबाट सुरु भएको एसइई परीक्षा दिइरहेका विद्यार्थी ।
तस्बिर:हरिराम भेटुवाल/ रासस
- दाङको पद्मोदय पब्लिक नमुना मावि भरतपुर केन्द्रमा बिहीबार अङ्ग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी । यो केन्द्रमा दाङका ६ वटा विद्यालयका ३१९ जना विद्यार्थीले परीक्षा दिँदै छन् ।
देउखिरी तस्बिर:रञ्जिता अधिकारी/रासस
- गुल्मीको महेन्द्र नमुना माध्यमिक विद्यालय केन्द्रमा बिहीबार एसईइ परीक्षामा सहभागी छात्रछात्रा ।
गुल्मी तस्बिर:जनार्दन घिमिरे/ रासस
- बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविको केन्द्रमा एसइई परीक्षा निरीक्षण गर्दै केन्द्राध्यक्ष बलदेव नाथ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।
बैतडीमा निरीक्षण गर्दै कोन्द्राध्यक्ष बलदेव तस्बिर:विनोदसिंह विष्ट/रासस
- दाङको घोराही उपमहानगरपालिका– १४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थी दीपशिखा माविमा एसइई परीक्षा दिन जाँदै । दाङ जिल्लामा ४७ वटा परीक्षा केन्द्रबाट १२ हजार आठ सय ९८ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् ।
दाङ तस्बिर:कुलदीप न्यौपाने /रासस