काठमाडाैं - मानव अधिकार हनन् भएकाे भन्दै उत्तर काेरियाका पार्क सुयाेङले विश्वमा पहल गर्न नेपाल आएका छन् । उनले बुधबार 'न्यायका लागि बहस' कार्यक्रममा एक मिसायल बराबर उत्तर काेरियाका मानिसहरुलाई तीन महिनासम्मका लागि खान पुग्ने बताएका हुन् ।
उत्तर काेरियाका मानिसहरुका लागि उनले न्याय दिलाउन विश्वसामु आग्रह गरेका छन् । उनले उत्तर काेरियाका नागरिकहरुले मानव अधिकारकाे बारेमा थाहा नपाएकाे र थाहा पाएकाले पनि नैतिक रुपमा अभ्यास गर्न बञ्चित भएको बताएका छन् ।
उनले आफू उत्तर काेरियामा रहँदाकाे भोगाइहरु पनि बताएका छन् । उनले त्यहाँकाे नागरिकमाथि निरंकुश शासन गरेकाेमा त्यहाँकाे एकल नश्लवादी राज्यसत्ताप्रति निकै खेद व्यक्त गरेका छ्न् । यस्ताे प्रवृत्ति हटाउनका लागि उनले सबैप्रति पहल गरिदिन आह्वान गरेका छन् ।