काठमाडाैं - काठमाडौं उपत्यकाका मण्डली(चर्च)हरूको संयुक्त आयोजनामा उपत्यका व्यापी पुनरुत्थान (इस्टर) महोत्सव सम्पन्न भएकाे छ । चैत्र १८ गते आइतबारका दिन इसाईहरूले पुनरुत्थान - इस्टर सन्डेका रुपमा मनाएका छन्।
काठमाडाैं ,भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट विभिन्न बाजा बजाउदै विभिन्न भेषभूषामा विभिन्न स्थानबाट र्यालीमा सहभागी भई काठमाडाैंको भृकुटीमण्डपमा सभामा परिणत भएकाे हाे ।
इसाईहरुकाे धर्मशास्त्र बाइबलका अनुसार येशू ख्रीष्टलाई डाँकुहरु झुण्डाइने क्रुसमा झुण्डाइन्छ । विभिन्न कष्ट दिइएपछि येशू ख्रीष्टलाई शुक्रबारका दिन क्रुसमा किला ठाेकि टाँगिएकाे थियाे जसलाई पहिलाे दिन, गुड फ्राइडे अर्थात असल शुक्रबार भन्ने गरिन्छ । दाेस्राे दिनमा उनकाे शरीरलाई एउटा चिहानमा लगेर राखिन्छ जसलाई दफन भनेर शाेक मनाइन्छ । तेस्राे दिनलाई पुनरुत्थानकाे दिन भनेर सम्झना गर्ने गरिन्छ ।
उनकाे मृत्युपछि तीन दिनमा चिहानबाट बाैरी उठेकाे बाइबलमा बताइएकाे छ ।मानिसहरुकाे पापकाे लागि येशू ख्रीष्टले रगत बगाएर उद्वार दिएकाे इसाईहरुको विश्वास रहेकाे छ। जसलाई पुनरुत्थान अर्थात इस्टर भनेर सम्झना गरिन्छ ।
इसाईहरु त्यहीँ दिनको सम्झनाकाे रुपमा नेपालमा पनि इसाईहरुले र्यालीसहित मनाउने गर्छन् । एक अर्कामा सद्भाव र प्रेम साटेर याे इस्टर मनाउने गरिन्छ । इसाईहरुले येशू ख्रीष्ट पुनरुत्थान भएकाे भन्दै उनकाे बारेमा नसुनेका मानिसहरुलाई सुनाउने गर्दछन् ।
यही महाेत्सवमा विभिन्न स्टलहरु ,स्वयम सेवकहरु ,सुरक्षाकाे स्किङ पनि राखिएकाे थियाे। यस महाेत्सवमा साना बालबालिकादेखि वयस्क वृद्धहरुकाे पनि सहभागिता रहेकाे थियाे ।