काठमाडाैं - नेपाल टेलिकमले भिएएस (VAS) सेवाको रुपमा सञ्चालन गरेको IPTV (NtTV) सेवामा आलाकार्टा (A’la Carte) प्रणाली लागू गरेको सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएकाे छ ।
नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा (A’la Carte) शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा (NtTV) का ग्राहकहरुका लागि NtTV A’la Carte शुल्क प्रणाली लागू गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे ।
सो अनुरुप ग्राहकले Basic प्याकेज वा Premium प्याकेज वा Basic प्याकेज मा आवश्यकता अनुसार Bouquet प्याकेज थप गरी प्याकेज हरु खरिद गर्न सकिने व्यबस्था रहेको छ । Basic प्याकेज लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका Bouquet प्याकेजहरु खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएकाे छ ।
नेपाल टेलिकमका अनुसार शुरुको ३ महिनाभित्र सम्पूर्ण Premium प्याकेज सहितको वार्षिक प्याकेज Subscription गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा Premium प्याकेजहरु उपलब्ध हुने छन्। सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको Tariff निम्न अनुसार रहेको छ:
ग्राहकले Basic तथा Premium प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा Visit गर्नुपर्नेछ भने Basic प्याकेज लिएका ग्राहकहरुले थप Bouquet प्याकेज खरिद गर्नका लागि TV को Menu मा गएर आफैं खरिद गर्न सक्नेछन् । यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास कम्पनीको रहेको छ ।
* सच्याइएकाे : प्रेस विज्ञप्तिमा अन्तिमको FTTH PACKAGE को टेबलको ४ नं बुँदामा 200 Mbps हुनुपर्नेमा 2000 Mbps भएकोमा सच्याइएको छ ।