काठमाडौं - बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।आज १ हजार रूपैयाँले बढेर १ लाख ३४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको थियाे । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १६ सय १० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १६ सय ५० रूपैयाँ कायम भएको छ ।