काठमाडाैं - उपनिर्वाचनकाे मतदान स्थल तथा मतदान केन्द्र कायम भएकाे छ । आयोगको बिहीबार बसेकाे बैठकबाट देशभरमा दश हजार आठ सय ९२ मतदान स्थल स्वीकृत भएको हाे ।
साथै मिति २०८१ वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलाम जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र एवम् बझाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ।