काठमाडौं– नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान सोमबारदेखि सुरु गरेको छ । सोमबारदेखि हप्ताको ३ दिन सिधा उडान सुरु गरेको निगमले सोमबार, बुधबार र शुक्रवार उडान हुने जनाएको छ । नारिता जाँदा २३४ यात्रुहरूले विमानबाट यात्रा गरेको थिए भने फर्कदा २६५ जनाले यात्रा गरे । नारिताको पहिलो उडानमा नै यात्रुहरूको यो संख्यालाई उल्लेखनीय मानिन्छ भने आगामी दिनका उडानहरूको लागि पनि राम्रै संख्यामा यात्रुहरूले बुकिङ्ग गरेको निगमले जनाएको छ । नारिताको उडान सुरु भएपछि टोकियो र वरपरका यात्रुहरूलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त भएको छ ।