बुटवल– जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलमा विमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्नपोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो । तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषिबाली तथा पशुपंक्षी बीमाको बारेमा समेत जानकारी दिएको थियो । उक्त तालिममा प्रदेश नं. ५ का ३४ जना अभिकर्ताहरूको सहभागिता रहेको थियो ।