काठमाडौं - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अबको बजेट घाटी हेरेर हड्डी निल्ने खालको हुनुपर्ने बताएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, 'पछिल्लो समय नेपालमा लगानि आकर्षित हुनु सकेन । बैंकमा लगानियोग्य रकम थुप्रिएको छ पुँजिगत खर्च बृद्धि गर्नुपर्छ । अर्थतन्त्रमा महन्गि बृद्धि भइरहेको छ । खाद्यान्न समान अर्बो रकम विदेशीबाट आएको छ । यसैले अबको बजेट सबैका लागि उत्तम आउनु पर्छ' ।
आन्तरिक अर्थतन्त्र संकुचित नै हरेको अध्यक्ष मल्लको भनाइ रहेको थियो । 'मुलुकको आन्तरिक अर्थतन्त्र अझै माथि उठ्न सकेको छैन व्यापार घाटा उच्च रहेको छ । निर्यात भन्दा आयात बृद्धि भएको छ । यसले अझ व्यापार घाटा बृद्धि गर्ने प्रष्ट देखिएको छ' अध्यक्ष मल्लले भने, 'आइटिमा विदेशी लगानी भित्र्याउनु अहिलेको आवश्यकता हो । प्राकृतिक स्रोतको सहि सदुपयोग गर्नुपर्नेछ छ। अर्थतन्त्र चलायमान बनाउन सबै हातेमालो हुनुपर्छ' ।
उनका अनुसार सरकारको केहि कसिलो नीतिले अर्थतन्त्रलाई थप संकुचित बनाएको छ । उनले भने, केहि नितिले अर्थतन्त्र चलायमान बनाउन रोक लगाएको छ । लचिलो नितिले अर्थतन्त्र चलायमान हुनुका साथै राजस्व संकलनमा समेत सहयोग हुन्छ । सो कारण नीति परिवर्तन आवश्यक रहेको छ' । 'मुलुकको अर्थतन्त्रका लागि चेम्बरको भुमिका खेलेको छ । निजि क्षेत्रमा चेम्बरको भूमिका महत्वपूर्ण रहेको छ ।
अर्थतन्त्रमा प्रष्ट धारणा सरकारसँग चेम्बरले राखेको छ । ब्यवसायीको आर्थिक गतिविधि विकासका लागि चेम्बरले सम्मान गरेको छ' अध्यक्ष मल्लले बताएका छन् । अर्थतन्त्र चलायमान बनाउनको लागि चेम्बरले विभिन्न एक्स्पो आयोजना गरि रहेको अध्यक्ष मल्लको भनाइ रहेको थियो । 'गाजालाइ सरकारले वैधानिकता दिनु पर्ने देखिएको छ । कृषिमा दिएको सहुलियत कर्जामा निरन्तरता दिनु पर्छ ।' अध्यक्ष मल्लले भने ।