काठमाडौं– कोका–कोला नेपालले किशोर÷किशोरी र युवाहरूलाई दिउँसोको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । यो नयाँ क्याम्पेनको ट्यागलाइन ‘दिउँसै झप् झफ्, कोकले अप’ रहेको छ ।
क्याम्पेनको एक हिस्साको रूपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ । यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘नयाँ क्याम्पेनमार्फत् कोका–कोलाले उपभोक्तालाई कोक खाएर आफ्नो दिउँसोलाई अपलिफ्ट गर्न प्रत्सोहन गर्दछ । उपभोक्तालाई उनीहरूको पुरा दिन उत्तम रहोस् र दिउँसोको सुस्ताका कारण कुनै क्षणहरू नगुमाउन भन्ने चाहन्छौं ।’ त्यस्तै उक्त अवसरमा बोटलर्स नेपालका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले भने, ‘दिनभर हाम्रो दैनिकतालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायमगर्नु नै आफैँमा एउटा कार्य हुन सक्छ ।’