काठमाडौं- काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका–११को हिलेटोलस्थितमा रहेको पश्चिम युना खाजाघरको संचालिकाले वेश्यावृतिमा लगाएको अभियोगमा पक्राउ परेका छन् । दुई नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा सोही टोलमा बस्ने बर्दिया बाँसगढी नगरपालिका–१ घर भएकी २६ वर्र्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको बताएको हो ।
उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले गुरूङलार्ई सोही टोलबाट पक्राउ गरेको हो ।
उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको उद्दार समेत गरेको प्रहरीले जनाएको छ ।अभियोगमा परेकी गुरूङ उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।