काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर यथावत राखेको छ । बैंकले आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत हो अर्थात् शनिबार कायम मूल्य ने आज पनि कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।आज युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पनि युरोको कारोबार दर यही थियो।
बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।आज कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।