काठमाडौं – शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ए सिरिजको अर्को पुनरावृत्ति – नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा सार्वजनिक गरेको छ । रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको कम्पनीले दाबी गरेको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवेयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ । रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको बताइएको छ । रेडमी ८ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुने उक्त मोबाइलको ३ जीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य रु १२,९९९ पर्ने जनाइएको छ ।