सेतो मच्छिन्द्रनाथ जनवाद्योको रथारोहण चैत्रशुक्ल अष्टमी (चेतेदसैं) देखि सुरु भई पूर्णिमाका दिन बालाजु बाइसधारामा नुहाउने ल्हुती पून्हीनसम्म चल्दछ । जमल तीनधारा पाठशालाबाट नौतले शिखरशैलीको सेतो मच्छिन्द्रनाथको रथ भोटाहिटी, असन, हनुमानढोका, चिंकमुगलहुँदै लगनको माँ सीमा (आमाको रुख) पु¥याएपछि विधिवत्रुपमा सम्पन्न हुन्छ । उत्तरी कोलीयग्राम केलटोल जमल र दक्षिणी कोलीयग्राम लगन ह्युमतबीचको सम्बन्ध नवीकरण गर्ने पर्वका रूपमा पनि लिइन्छ, सेतो मच्छिन्द्रनाथको रथारोहणलाई ।
संसारमा दुःखी, गरिब, असहाय भई निर्वाण प्राप्त गर्न बाँकी व्यक्ति जबसम्म रहिरहन्छन् तबसम्म आफूले बुद्धत्व ग्रहण नगर्ने प्रतीज्ञा गरेका ईश्वर हुन्, आर्यावलोकितेश्वर सेतो मच्छिन्द्रनाथ । बौद्ध महायानी आस्थानुसार संसारमा १०८ लोकेश्वर अर्थात् लोकको कल्याण गर्ने ईश्वर रहेका छन् । तीमध्ये नेपाल खाल्डोमा मुख्यतया चार लोकेश्वरको विशेष पूजा तथा जात्रा हुने गर्दछ ।
१) रोग र सम्बन्धिविच्छेद समाधान गरिदिने चोभार कीर्तिपुरको आनन्दादी लोकेश्वर, आदिनाथ ।
२) वर्षा र सहकाल ल्याइदिने पाटन बुङ्मतीको भृंगपाद अवलोकितेश्वर रातो मच्छिन्द्रनाथ, बुंगद्यो ।
३) सृष्टि र स्थितिलाई समानान्तररूपमा लैजाने नालाको सृष्टिकान्ता लोकेश्वर, नाला लोकेश्वर ।
४) मृत्युलाई पनि टाढा पु¥याउने केलटोल (कोलीय टोल) काठमाडौंमा आर्यावलोकितेश्वर, जनबहाः ।
यी चार लोकेश्वरमध्ये सेतो मच्छिन्द्रनाथ जनवाद्योको रथारोहण चैत्रशुक्ल अष्टमी (चेतेदसैं) देखि सुरु भई पूर्णिमाका दिन बालाजु बाइसधारामा नुहाउने ल्हुती पून्हीनसम्म चल्दछ । जमल तीनधारा पाठशालाबाट नौतले शिखरशैलीको सेतो मच्छिन्द्रनाथको रथ भोटाहिटी, असन, हनुमानढोका, चिंकमुगलहुँदै लगनको माँ सीमा (आमाको रुख) पु¥याएपछि विधिवत्रुपमा सम्पन्न हुन्छ । उत्तरी कोलीयग्राम केलटोल जमल र दक्षिणी कोलीयग्राम लगन ह्युमतबीचको सम्बन्ध नवीकरण गर्ने पर्वका रूपमा पनि लिइन्छ, सेतो मच्छिन्द्रनाथको रथारोहणलाई ।
रथारोहण तीनधाराबाटै थाल्नुको कथनअनुसार, लुम्बिनी, कपिलवस्तुमा विरुद्धकद्वारा भएको शाक्यवंशको आमहत्या सँगसँगै उपत्यका भित्रिएका कोलीय (भगवान् गौतमबुद्धका मावली खलक) ले यो जात्रा थालेका हुन्, भनिन्छ । तिनै उत्तरी कोलीयग्राम जमल केलटोलका बासिन्दाले खेत खन्दा मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । जुन मूर्तिलाई राजा गुणकामदेवले सपनामा देखेअनुसार केलटोल कनक चैत्यको पश्चिममा स्थापना गराएको वंशावलीमा उल्लेख छ । केलटोलमा कलात्मक प्यागोडा शैलीको आर्यावलोकितेश्वर मन्दिर प्रतिस्थापित छ भने ने.सं. ७०८ देखि राजा शिवसिंह मल्लले मूर्ति भेटिएको स्थान जमल तीनधारा पाठशालाबाट चैतेदसैंको दिन रथारोहण थालेको बताइन्छ । खर्गटोल निवासी दखबाजु प्रधानले गुठी स्थापना गराएको कथन पाइन्छ ।
दशमीका दिनः
गुरुजु पल्टन बाजागाजासाथ नवमीका दिन असन अन्नपूर्णस्थलमा बास बसाइन्छ । सोही स्थानमा कनफट्टा जोगी नाथ सम्प्रदायद्वारा जुगीचक्र पूजामा राँगाको बलि दिइन्थ्यो तर ज्यापु समुदायले बौद्ध देवतालाई बलि नदिने भनेपछिव र्तमानमा नरिवल फुटाएर चढाउने गरिएको छ । सोही दिन हनुमानढोका कालभैरव बास बसाइन्छ ।
एकादशीका दिनः
भोलिपल्ट लगनस्थित मच्छिन्द्रनाथकी आमा रुखलाई भव्य बाजागाजा लावालस्करका साथ तीनपल्ट परिक्रमा गराएपछि यस वर्षको जात्रा सकिन्छ ।
आदिनाथ चोभार न्हवँ महास्नानः
काठमाडौंको जमलबाट चैते दसैंका दिन जनवाद्यो सेतो मच्छिन्द्रनाथको रथारोहण भइरहँदा कीर्तिपुर चोभारको आदिनाथ (आनन्दादी लोकेश्वर) को न्हवँ महास्नान हुने गर्दछ । महास्नान आदिनाथ प्रतिस्थापन दिवस हो ।
कलिगत सम्वत् ३४०३ मा राजा अंशुबर्माद्वारा चोभार आदिनाथ स्थापना भएको कथन छ । आख्यानअनुसार ललितपुर थैवको बैजु टोलमा असिना परी दुःख दिन थाले छ । रिसको झोँकमा ज्यापुले देवताको मूर्तिलाई नदीमा बगाइदिएछन् । तर देवता रहेको नेखु नदीमा कुष्ठरोगीले नुहाउँदा रोग निको भएछ । तथ्य बुझ्दा थाहा पाई च्वयबहाः (माथिल्लो विहार)मा देवतालाई विधिवत् प्रतिस्थापन गरे तर देवतालाई राँगा बका साथ पूजा गर्दा देवता कोफ भई रोगादिले विकराल रूप लिएछ ।
बिरामीलाई सपनामा आफूलाई हिंसा नगर्न बताएपछि लुभुका नेम्कुललाई पुजारी र नन्दग्वाला (गोपाली)सँग सल्लाह गरी दशकर्मसहित न्हवँ (महास्नान) गराई हरेक रोगव्याधि सौम्य पारिएको बताइन्छ । भाषा वंशावलीमा राजा गुणकामदेवद्वारा क.सं.३८२५ ताका महास्नान चलाएको उल्लेख छ । यहाँ महास्नान गरिँदा दशकर्म (नेवार समाजमा गरिने जन्म न्वारान, पास्नी, व्रतबन्ध, इही, बाह्रा, जंकु मृत्युकर्म) सम्पूर्ण कर्म गरिन्छ । चौलाथ्व पारु असनमा अजिमाँ खट जुधाउने दिन आदिनाथको महास्नान न्हवँ हुन्छ । आदिनाथलाई पूजा गर्दा तेस्रोलिंगीका रूपमा संस्कार गरिन्छ ।