दुर्गमका विद्यालयमा गुणस्तरीय शिक्षा नपाउनुको पीडा छँदै छ, तर विगत वर्षहरुमा विद्यार्थीहरु त्यो भन्दा ठूलो पीडा हुन्थे । जसको कारण थियो, शैक्षिकसत्र सकिँदा पनि पाठ्यपुस्तक नपाउनु । दुर्गमका अधिकांश विद्यार्थीले समयमा पाठ्यपुस्तक पाउँदैनथे । कतिपय जिल्लाका विद्यार्थीले त शैक्षिकसत्र सकिँदा पनि पुस्तक पाउँथेनन् । पाठ्यपुस्तक नै नपाएपछि पढाइको गुणस्तर कस्तो होला ? सोझै अनुमान गर्न सकिन्छ ।
तर, यो वर्ष भने सरकारले सराहनीय काम गरेको छ । पाठ्यपुस्तक छपाइ र देशभर वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभरका विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याएको जानकारी दिएको छ । २०८१ को शैक्षिक सत्रको सुरुआतमै देशभर पाठ्यपुस्तक पु¥याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । चैत १६ गतेदेखि केन्द्रले आफ्ना सातवटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार २६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पु¥याएको उनको भनाइ छ ।
त्यसो त जिल्ला जिल्लाबाट पनि शैक्षिकसत्र सुरु हुनु अगावै पुस्तक पुगेका समाचारहरु आइरहेका छन् । यो वर्ष कतै पनि पुस्तक नपुगेको वा अभाव भएको समाचार पढ्नुपरेको छैन । केन्द्रका प्रबन्ध निर्देशक झाका अनुसार यस वर्ष पुस्तक कम बिक्री भए पनि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी पाएका र कुनै विद्यालयमा अहिलेसम्म पुस्तक नपुगेको भनेर कतैबाट गुनासो आएको छैन । यो एकदमै सुखद क्षण हो । केन्द्रले यसै शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । गत शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मको पुस्तक समयमै पु¥याउन सफल भएकाले सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।
विद्यार्थीलाई समयमै पाठ्यसामग्री पु¥याउने काममा बल्ल राम्रो काम भएको छ । समयमा पाठ्यपुस्तक पाउनु विद्यार्थीको नैसर्गिक अधिकार पनि हो । पाठ्यसामग्रीविना शिक्षाको गुणस्तर अपेक्षा गर्नु बेकार हो । त्यसो त गत वर्ष समयमै पाठ्यपुस्तक पुगेका जिल्लामा यसपटक राम्रो नतिजा आएका समाचार पनि आएका छन् । त्यसैले अब अर्को वर्ष यसको नतिजा खोज्ने हो । तर, यतिले मात्रै पुग्दैन विद्यालयमा अन्य शैक्षिक सामग्रीसँगै राम्रो शिक्षणको वातावरण हुन जरुरी छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्न पाठ्यपुस्तक मुख्य हतियार हो भने शिक्षामैत्री वातावरण अर्को महŒवपूर्ण पक्ष हो । त्यसैले सो वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापनले काम गर्नुपर्छ । अभिभावकको पनि यसमा भूमिका रहन्छ । यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।