काठमाडौं – युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो ।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ । युएईमा दुई दिनदेखि परेको भीषण वर्षाका कारण बाढी आइरहेको छ ।
बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ । पुन भिजिट भिसामा युएई पुगेको दूतावासले उल्लेख गरेको छ ।