काठमाडाैं - काङमाङ नरेश राईको गैर आख्यान पानी पतिया लोकार्पण भएको छ ।काठमाडौंको थापा गाँउमा रहेको मण्डला थिएटरमा बुधबार भोगिराज चाम्लिङ, मानुषी भट्टराई र नरेश राईले सयुत्त रुपमा लोकापर्ण गरेका हुन् ।
कार्यक्रममा पानी पतियामा भएका विभिन्न कथाहरु समेटिएका छन् । नरेश राई पूर्व बेलायत आर्मीको कथामा आधारित रहेको छ ।
उनले यस कथाभित्र आर्मीको जाँदा र त्यहाँ रहँदा कामको भोगाइ र संघर्षको कथा पस्केका छन् । हुन त उनलाई विभिन्न सामाजिक सञ्जालमा पनि गालीगलैज खेपी नै रहेका थिए , अन्तत उनले ती कथालाई किताब प्रस्तुत गरेका छन् ।
उक्त कार्यक्रममा मानुषी भट्टराईले अहिले धेरै जनाले किताबहरुमा मन लगाएर पढ्ने बानी हटेकाे बताइन् । उनले आफ्ना विद्यार्थीहरुले पनि गहन रुपमा किताब पढ्ने नगरेकाे गुनासाे पाेखिन्। हालका आम मानिसहरुलाई छिटाे नतिजा खोज्ने प्रवृतिले किताब पढ्ने बानी विस्तारै विस्थापित भएकाे उनले बताइन् ।