काठमाडौं - आज आइतबार अमेरिकी डलरको मूल्य यथावत रहेको छ भने युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण गरेको हाे ।
हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । आज युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा थियो।बेलायती पाउन्ड १ को खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९१ निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८० पैसा थियो।कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १७ पैसा थियो।बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९९ पैसा थियो।