काठमाडाैं - तेमाल जात्राको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। तामाङ समुदायको ऐतिहासिक तथा धार्मिक पर्व तेमाल जात्राको अवसरमा म्हेन्दोलाफोले फाउन्डेसनद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेकाे हाे ।
तामाङ चिकित्सक समाज नेपाल र युनिभर्सल डेन्टल हस्पिटलको सहकार्यमा सम्पन्न कार्यक्रममा करिब १००० जनाले आफ्नो स्वास्थ्य जाँच गराई लाभ उठाएका थिए। शिविरमा सुगर, प्रेसर देखि लिएर दाँतको समस्या भएका बिरामीहरुको दाँत निकाल्ने देखि लिएर अन्य चेक जाँच गराई उचित परामर्श दिनुका साथै आवश्यक औषधि समेत उपलब्ध गराइएको थियो।
कार्यक्रमलाई भव्य र सव्य रुपमा सफल पार्नको निमित्त भौतिक रुपमा ,भावानात्मक रुपमा र आर्थिक रुपमा सहयोग गर्ने सम्पुर्ण संघसंस्थाहरु,व्यक्तित्वहरु,चिकित्सकहरु र साथीभाईहरुलाई आयाेजकले धन्यवाद दिए । जसमा First Educate Nepal Uk -तेन्जी पाख्रिन, मिठो दाल भात घर-नेरु लामा, Holistic New Life Enterprises -सरिता गोले, युनिभर्शल डेन्टल हस्पिटल -राजन लामा ,तामाङ डाक्टर चिकित्सक समाज नेपाल -निराजन तामाङ, Sushi 24 Hours, मामा ग्रुप -कुन्साङ लामा, सागर मुभी क्रिएसन -सागर तामाङ, Moms International Nepal -रन्जिता लामा , समाजसेवी सत्यमान लामा, व्यवसायी नवाङ लामा , व्यवसायी बलराम तामाङ, डा.स्मृति लामा (WHO ), डा.सस्म्रिता बास्तोला (WHO), ई.समृद्ध राणा (WHO ), गार्गी बसिस्ठ, राम तामाङ, मिस तामाङ २०२१-सफलता थिङ, मिस तामाङ २०२४-रिया लामा , समाजसेवी डिवी लामा लागायत सम्पूर्णमा कृतज्ञताको साथमा विशेष धन्यवाद दिए । आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा राखेकाे आयाेजकले जनाएकाे छ ।