काठमाडौं - बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
आज ५ सय रूपैयाँले बढेर १ लाख ३६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको थियाे ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १६ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १६ सय ७० रूपैयाँ कायम भएको छ ।