कठमाडौं - समाजिक संचेतना र शिक्षामूलक चलचित्र "अग्नि दहन " इन्सेक संस्थामा मानवकर्मीलाई देखाएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले तयार पारेको संचेतना मूलक चलचित्र "अग्नि दहन " सोमबार इन्सेकको प्रकास स्मृती हलमा देखाएको हो ।
नेपालमा पुर्खौदेखि बुढी रुढीवादी परम्परा अन्धविश्वास कुरिति कुप्रथा कुसंस्कार अझै विद्यमान छ। नेपालका अधिकांश ग्रामीण भेगहरू तथा तराई क्षेत्रका विभिन्न ठाउँहरु र सहर बजारमा समेत पुर्खौंदेखि हालसम्म बोक्सी हुन्छन् भन्ने मान्यता रहि आएको छ। कुनै पनि व्यक्ति चाहे त्यो बालक होस् युवा होस् या बुढो होस् महिला होस् या पुरुष होस् या गाई भैसीले दूध दिन गडबडी गर्यो भने अस्पताल जानुको सट्टा धामी झाँक्री ,माता र ज्योतिषीहरू कहाँ हेराउन र फुक्न जाने परम्परा चलिआएको छ ।
समाजिक संचेतना र शिक्षामूलक चलचित्र "अग्नि दहन " २०७२ मा हेटौडामा घटेको एक घटनामा आधारित रहेको छ। यस कथाभित्र केटा र केटी बोक्सी हुन्छ भन्ने हाम्रो समाजमको पात्र देखाइएको छ।यस फिल्मभित्र तराइका थारु समुदाय र पहाडी समुदायमा कसरी धामीझाक्रीले। बोक्सीको आरोप लगाइएको छ भन्ने चित्रण गरिएको छ। बोक्सी आरोप लगाउने र संलग्न हुनेलाई कति जरिवाना र कति सजाय हुन्छ भन्ने पनि देखाइएको छ।
अर्कातिर प्राय एकल निमुखा गरिब र अशक्त व्यक्तिलाई बोक्सा र बोक्सीको आरोप लगाई शारीरिक र मानसिक रुपमा प्रताडित गरी गालीगलैज गर्ने कुटपिट गर्ने ,मलमुत्र खुवाउने ,कालोमसो दल्ने यातना दिने, अङ्गभङ्ग गर्ने ,कपाल खौरने गाउने कला गर्ने र जिउँदै जलाउने सम्मका जगन्य अपराध समाजमा विद्यमान छ मान्छे बोक्सा बोक्सी हुँदैनन् र बोक्सा बोक्सीको आरोप वा आरोपमा कसैलाई दण्ड सजाय गर्नु जगन्य अपराध हो ।यही सोच बोकेर यस्ता कुसंस्कारका विरुद्धमा मान्छे बोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले विगत केही वर्षदेखि मान्छे बोक्सी हुन्न भन्ने राष्ट्रिय महा अभियानमा क्रियाशील रहँदै आएको छ।
हाम्रो समाजले जे शिक्षा दिन्छन् त्यही नै हाम्रा भावी पुस्तामा पनि रुपान्तरण भएको कुरा यहां देख्न सकिन्छ । एक किसिमको डरबाट हाम्रो समाजमा कसरी मानसिक बिरामी समस्याबाट ग्रस्त हुन्छ भन्ने कुरालाइ पनि चित्ररण गरेको छ। परिवारको सहयोगले पनि पारिवारिक समस्या समााधान गर्न सकिन्छ भन्ने पनि राम्रो पक्ष रहेको सहभागीले बताए । शिक्षित र सम्पन्नता भएको परिवारमा पनि बोक्सी जस्तो आरोप लागिने र लगाउने जस्ता विभिन्न कुकृतिहरू विद्यमान रहेको र यसलाई उजागर पनि गर्न सकिने भन्ने कुरा यसमा देखाइएको छ।
यस कथालाई हेर्दा कसैलाई पनि बोरिङ नहुने इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले बताएका छन् ।उनले भने,' यस कथाभित्र मानसिक रूपलाई पनि चित्रण गरिएको गरेको छ। यो फिल्मभित्र इ आनन्द पनि छ, छ दुःख अनि मुक्ति पनि छ ,कानुन पनि छ, कारबाही पनि छ, भन्ने सन्देश दिएको छ र यसले राम्रो छाप पारेको छ। आगामी दिनहरूमा इन्सेक संस्था र यो अभियान चलाउन संस्था सँगसँगै काम गर्ने योजना सकारात्मक रहेको बताए ।'
बोक्सीको प्रथा विरुद्धको सचेतनामूलक शिक्षामूलक राष्ट्रव्यापी कार्यक्रम गाउँ गाउँमा लगेर देखाएका कारणले कति गाउँमा बोक्सी भन्ने प्रथा हटेर गएको उक्त संस्थाका कोभिड शरण उपाध्यायले बताएका छन् । उनका अनुसार यो कार्यक्रम र यो अभियान लिएर नेपालको ५०० भन्दा बढी ठाउँहरूमा गरिएको छ। मान्छे बोक्सी हुन्न भन्ने कथामा सचेतनामूलक कथाहरू पस्किएको छ। उनका अनुसार यो राष्ट्रिय रूपमा अभियान चलेको र निकै प्रभावकारी भएको बताए पनि सँगै मिलेर यो अभियानलाई जोडेर काम गर्न अपेक्षा राखेको छन् । उनले भने ,'यस संस्थाको मूल लक्ष्य भनेको नेपालमा व्याप्त सबै किसिमका कुरीति र हिंसा विरुद्ध जनचेतना अभिवृद्धि गराई नेपालबाट १५ वर्षभित्र बोक्सी कुप्रथाको जरैदेखि अन्त्य गराई नेपाललाई बोक्सीको प्रथामुक्त देश घोषणा गर्ने रहेको छ ।'
प्रतिष्ठानले निर्माण गरेको सामाजिक चलचित्र अग्निदहनलाई चलचित्र विकास बोर्डबाट २०७५ असार १६ गते विशेष चलचित्र अवार्ड प्राप्त गरेको छ। यस अभियानका प्रमुख अभियान्तालाई नेपाल सरकारको तर्फबाट २०७९ साल वैशाख १ मा जनसेवा श्री महान पदवी पदक द्वारा समेत सम्मानित गरिएको छ।