काठमाडौं - आज शुक्रबार विदेशी मुद्राहरुको विनियमदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।
आज अमेरिकी डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा थियो ।युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ । हिजो युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा थियो ।
आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६६ रुपैयाँ २० पैसा थियो।अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ८२ पैसा थियो।बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा थियो।