काठमाडौं- नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारीक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको छ ।
छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ ।गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा विवि अनुरागीले संगीत भरेका छन । गीतमा शान्तीश्री परियारको आवाज रहेको छ ।
गीतलाई नागिला नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो उत्कृष्ट बनेको र नेपालको गाउँले परिवेशमा छायाँकन उक्त भिडियोमा छोरीले आमाको किरिया बसेको कथा बस्तु समेटिएकोको गीतका प्रस्तुतकर्ता गोविन्द नागिलाले बताएका छन् ।
नागिलाका अन्य ३ वटा गीतहरु अडियो तयार भैसकेको अवस्थामा रहेको र यसलाई दर्शकहरुले मन पराइदिनु हुने अपेक्षा समेत रहेको उनले उल्लेख गरे ।उक्त गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेल लगाएका कलाकारको अभिनय रहेको छ ।
उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन तथा सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।‘आमा जस्तो निःस्वार्थ माया संसारमा कसैलेपनि दिन सक्दैन, त्यस कारण वृद्ध बाबा, आमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पुजा गरौं’ भन्ने सन्देश सहित उक्त गीत बजारमा आएको हो ।