काठमाडाैं - अवैध सुनको कारोबार गरिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडाैं जिल्लाको काठमाडाैं महानगरपालिका वडा नं.-२४काे दुछेंननी टोलमा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेका गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।
अनुसन्धान टोलीले खोजी गर्दै जाँदा सुन जस्तो देखिने पहेंलो धातुका टुक्राहरुकाे ९ (१७६८.२५ ग्राम )थान र एक करोड त्रिचालिस लाख साठ्ठी हजार रकम फेला पारेकाे बताएकाे छ ।
पक्राउ पर्नेमा दार्चुला जिल्लाकाे महाकाली नगरपालिका वडा नं. ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु,भारत देश महाराष्ट्र सांगली आटपाही थानाका १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते , ३७ वर्षीय अमोल बिभुते , १८ वर्षीय गणेश सतिश बाल्टे , झापा जिल्लाकाे बिर्तामोक न.पा.-३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला जिल्लाका टाटे न.पा. वडा नं. -३का २१ वर्षीय आयुष वडु, जिल्ला झापा जिल्लाकाे बिर्तामोड न.पा. वडा नं. -३ २२ वर्षीयभरत राज खरेल रहेका छन् ।