काठमाडौं– ‘मिसेस हेरिटेज इन्टरनेशनल नेपाल–२०१९’की विजेता दुर्गा बिसुराल सम्मानित भएकी छन् । अर्थ एवं सञ्चार, सुचना तथा प्रबिधि मन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय सभाकी सांसद कोमल वली लगायतले उनलाई सो सम्मान प्रदान गरेका थिए ।
जनचेतना नेपालद्धारा राजधानीको भृकुटी मण्डपस्थित प्रर्यटन बोडको सभाहलमा आयोजिक युवा अभिप्रेरण उत्प्रेरक सम्मान तथा जनचेतना नेपालको छैठौँ बार्षिकोत्सवमा बिसुरालले समाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ ।
कृषि, पर्यटन, शिक्षा, स्वस्थ्य एवं प्रर्यावरण संरक्षण अभिनयनसँग सम्बन्धित अभियन्ताहरूको उपस्थिति रहेको सो कार्यक्रमको उद्देश्य युवा अभिप्रेरणा कार्यक्रमबाट बिकाश साझेदारी गर्नु रहेको आयोजकले बताएको छ । सम्मानले समाजप्रति आफुलाई थप जिम्बेवार बनाउँदै अझ राम्रो काम गर्न हौसला र प्रेरणा प्रदान गरेको विसुराले बताइन् ।
इप्लनेट प्रालिको आयोजना रहेको सिंगापुरमा सम्पन्न कार्यक्रम मिसेस हेरिटेज २०१९मा बिसुरालले नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् । किसुराल रिवाज फाउन्डेसनकी अध्यक्षसमेत हुन् । कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार लय संग्रौला, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्कालगायत थिए ।