काठमाडौं - फुपुकी छोरीको हत्या गरी फरार आरोपितलाई नौ वर्षपछि काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकाे छ ।
सामान्य विवादका कारण हत्या गरी फरार भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई नौ वर्षपछि काठमाडौँको चान्लाखेल एरीयबाट प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेकाे हाे।
सुनमाया किसान (सार्की)को मामा गंगा बहादुर सार्कीसँग काठमाडाैं जिल्लाकाे सेतिदेबी गाविस-६ तौथलीस्थित कुष्टरोग आरोग्य आश्रममा बस्ने गर्थिन्। काठमाडाैँको ढुङगे अड्डामा ज्यामी काम गरी बस्ने समर बहादुर सार्की कहिलेकाही बुबालाई भेट्न आरोग्य आश्रम जाने गर्दथे । ०७१असोज ३१ गते बेलुका समर बहादुर सार्की आरोग्य आश्रम पुग्दा निजको बुबा बाहिर गएकोले कोठामा समर र सुनमाया मात्र रहेका थिए । दुवै जना बेलुकाको खान खाएर सुती सकेपछि सुनमायाले मोवाईलमा ठुलो स्वरले कुरा गरी राख्दा समरले राती ठुलो स्वरमा कुरा नगर म थाकेर आएको छू सुत्न देउ भनि फोन फालिदिँदा विवाद बढ्दै गएपछी सुनमायाले समरलाई हसियाले प्रहार गरी बुढी औलामा चोट लागेको र उक्त हसिया समरले खोस्दा सुनमायाले समरको हातमा टोकि दिएकी थिइन् ।
सो पश्चात समरले सुनमायाको टाउकोमा हातले हिर्काउदा सुनमाया कोठामा रहेको पलङ्गको डिलको धारमा ठोक्किन गई बेहोस भएकी थिइन् । अन्दाजी आधा घण्टा जती कुरे पश्चात पनि उनी होसमा नआएपछी समरले दुबै हातले सुनमायाको घाँटी थिची मारेकाे खुल्न आएकाे छ। साेही बिहान अन्दाजी ४ बजे तिर नजिकैको शौचालय नजिक लास राखि बिहानको ८ बजेतिर समर भारत तिर लागि सिलोङ्ग गएर बसेकाे र उनी त्यहाँ काम गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।
आरोपित समर बहादुर सार्कीलाई कीर्तिपुरमा पठाइने काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएकाे छ ।