एजेन्सी - श्रीलंका रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलंकामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताएका छन् ।
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए ।
उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए । सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलंकाको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए ।