नेपालगन्ज । मंसिर २३ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जले मंसिर २४ गते आईतबार बाँकेको नेपालगन्जमा सदाचार सम्मेलन गर्दै छ ।
भ्रष्टाचार बिरुद्धको १५औं अन्तराष्ट्रिय दिवस तथा बासको १७औं बार्षिकोत्सबको अवसरमा सो सम्मेलन गर्न लागेको बास नेपालगन्जले जनाएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बासले जनाएको छ । सम्मेलन बासको आयोजना, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल काठमाण्डौं, सेभ द चिल्ड्रेन नेपालगन्ज र प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुर, राष्ट्रिय युवा महासंघ नेपाल बाँके शाखा र राईजिङ्ग आईडल्स नेपालगन्जको सहकार्यमा सम्पन्न हुनेछ । सम्मेलनमा सरकारी कार्यालयका प्रमुखहरु, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला भरीका युवाहरु गरि २५० बढीको सहभागिता रहने छ । सम्मेलन बिहान ठिक ११ बजे बिनायक गेष्ठहाउसमा शुरु हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ १५:४२