काठमाडाैं - गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको थालनी क्यू आर टेलरबाट गरेकाे छ । ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमबाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यू आर टेलरको सुविधा ल्याएकाे हाे ।
औपचारिक कार्यक्रम गरि क्यू आर टेलर सुविधाको सुरुवात संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका छन् । सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान, मुख्य प्रबन्धक श्रीमती शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा ग्राहकहरुको समुपस्थिति रहेको थियो ।
क्यू आर टेलर सुविधाबाट संस्थाका गा्रहाकहरुले सो प्रविधि मार्फत नगद भुक्तानी लिन सक्ने छन् । यस प्रविधिले गा्रहाकहरुलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्यू आर टेलर सुविधा संस्थाले हाललाई काठमाण्डौं उपत्यकाको शाखाहरुमा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखाहरुमा सुरुवात गर्ने योजना रहेको छ ।
यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ सेवाहरु जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।