काठमाडाैं - एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विभिन्न र्याली, कार्यक्रम गरि श्रमिक दिवस मनाइएको छ ।
हरेक दिन श्रम नगरी पेट भरिदैँन । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरबाट बुधबार बिहान रुकुम आठबिसकोट नगरपालिका–६, छहरे बगर पुर्याउन कामदारहरु डोल्पा लैजान चामलको बोरा बोक्दै छन् । भेरी नदीमा मोटर चल्ने पुल नभएकाले डोल्पा लैजाने सामान भरियाले बोकेर वारपार गर्छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशकाे आयाेजनामा पाेखरामा निकालिएको श्रमिक र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सहभागी भएका छन् ।
धनुषाको महेन्द्रनगरमा प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि नेपाल ट्रेड युनियन काँग्रेस धनुषाद्वारा जनकपुरधाममा बुधबार आयोजित १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस एवं र्याली तथा श्रमिक सभामा सहभागी भएका छन्।
महेन्द्रनगर,तस्बिरः निरञ्जनकुमार साह/रासस