काठमाडौं - फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न नेपाल आएका बंगलादेशको नाराणयगञ्ज क्लबका टोली आज स्वदेश फर्किएका छन् ।
बंगलादेशका टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एनएफपीजेका कोषाध्यक्ष सागर श्रेष्ठ र कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठले बिदाई गरेका हुन् । बंगलादेशका टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आयोजक एनएफपीलेलाई ५-३ गोल अन्तरले पराजित गरेको थियो ।
एक साता नेपाल भ्रमणमा रहेको २० सदस्यीय बंगलादेशका टोलीले पोखरामा पनि फोटो पत्रकारहरुसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । जसमा बंगलादेशले पोखराका फोटो पत्रकार टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । बंगलादेशका टोलीले नेपालमा रहँदा बिभिन्न पर्यटकीय स्थानको स्थलगत अवलोकन गरेका थिए ।