काठमाडौं - वैदेशिक रोजगारीको सिलसिलामा रुसी सेनामा भर्ना हुन पुगेका नेपाली युवाहरुको उद्दारको माग गर्दै आमरण अनसन १५ दिन पुगेकाे छ ।
रुस र युक्रेन युद्धको पृष्ठभुमिमा रुसी सेनामा आबद्ध नेपालीहरुको जिवनरक्षा, घाइतेहरुको उपचार तथा क्षतिपूर्ति, बेपत्ताहरुको खोजि, युक्रेन कब्जामा रहेका नेपाली युद्धबन्दिहरुको सकुसल रिहाई र मानव तस्करहरुलाई कारबाही गर्नका लागि आवश्यक पहल गरिदिन अभियान्ता कृति भण्डारीसमेत सामुहिक आमरण अनसन बसेकामा आज १५ दिन पुग्दा पनि सुनुवाई नभएकाे भन्दै आज एक विज्ञप्ति जारी गरेका हुन् ।
स्वदेशमा परिवारजनलाई पर्खेका अधवा मृत्युवरण गरेका परिवारजनको शवको प्रतिक्षा गरेका परिवारको पीडा कति असह्य भएको र परविारजन मर्नु न बाँच्नुको अवस्थामा पुगेको अभियान्ता कृति भण्डारीले बताएकी छन् । विज्ञप्तिमा भनिएकाे छ ,'अनसनरत व्यक्तिहरुको स्वास्थ्य स्थिति जटिल बन्दै गैरहेको देखिएको छ । उनीहरुको शरीरमा गूलकोज घटेको र पानीको मात्रा कम भएकाले पिसाबमा समस्या देखा परेको छ । अनसनरत साथीहरु पटक पटक बेहोस हुने क्रम बढेको र जति उनीहरुको स्वास्थ्य स्थिति बिग्रिन सक्ने अवस्था सिर्जना भएको छ ।'
पिडित परिवारका सदस्यहरु सिरानी घर्तिमगर, ईशान थापा, नागरिक अगुवाहरु र अभियानको संयोजक कृतु भण्डारीसहितले भृकुटीमण्डपमाआमरण सामुहिक अनसन बस्दै आएकोमा वैशाख १३ गते उनीहरुलाई गिरफ्तार गरेको थियो । त्यसपश्चान उनीहरुले शान्तिवाटिकामा पुन अनसन जारी राखेकोमा अनसनको आज १५ औ दिन बितिसक्दा पनि नेपाल सरकार तथा सम्बन्धित निकाएले कुनै प्रतिक्रिया नदेखाएको भन्दै २१ वैशाखमा पुन पत्रकार सम्मेलन गरी ध्यानाकर्षण गराएको छ ।
अभियान्ता कृति भण्डारीका अनुसार हालसम्म हामीले ६९१ जनाको विवरण संकलन गरेका छौं। जसमध्ये ३९ जना मृतक, अन्य ४० जना मृत्यु भयो भनिएका तर पुष्टि हुन बाँकी, ५ जना युक्रेनको कब्जामा, ११७ जना घाईते, २७२ जना सम्पर्क विहिन, १५ जना करार सम्झौता रद्द गरेका व्यक्तिहरु, ११ जना रुसी राहदानीका लागि आवेदन दिएका र ३१ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका र बाँकी व्यक्तिहरु रहेका छन् ।
उनीहरुको मागहरु जस्ताकाे त्यस्तै :
ज्ञ। रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था।
द्द। करार सम्झौता रद्द गरी उद्दारको पर्खाईमा रहेका व्यक्तिहरुलाई पुनः यद्ध मैदानमा लगिएकाले उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने व्यवस्था।
घ। युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्था । य० युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था ।
द्ध। मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउने व्यवस्था ।
छ। वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया योषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउने व्यवस्था ।
ट। रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्ने व्यवस्था ।
ठ। कारवाही गर्ने व्यवस्था । नभईसकेको अवस्थामा रुस जाने श्रम स्विकृति तत्काल खारेज गर्नुपर्ने व्यवस्था।
ड। नेपालीहरुको उद्दार : पीडित परिवारको उद्दार, राहत र पुनस्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था ।
ड्ड विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था ।
ठ० रुसी सेनाबाट फर्किएर आएका युवाको पुनस्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था ।
ज्ञ। कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौता विना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने व्यवस्था ।