काठमाडाैं - पछिल्ला केही वर्षहरूमा नेपाली पोडकास्टहरू कथा सुनाउने, सूचना आदानप्रदान गर्ने र मनोरञ्जनका लागि लोकप्रिय माध्यमका रूपमा देखा परेका छन्। आवाजहरू विस्तार गर्ने, समुदायहरूलाई जोड्ने र श्रोताहरूलाई शिक्षित गर्ने क्षमताका साथ, पोडकास्टहरू नेपाली मिडिया क्षेत्रको एउटा अभिन्न अंग बनेका छन्।
पोडकास्टहरू अहिले धेरै लोकप्रिय छन्, तपाईंले कल्पना गर्न सक्नुहुने सबै कुराहरूमा पोडकास्ट बनेका छन्। सामान्य टक शो देखि नेपालको पुँजी बजार र खेलकुदमा सबैका लागि पोडकास्ट छ। नेपालमा हालसम्म सबैजसो क्षेत्रमा पोडकास्ट बनेपनि कृषि क्षेत्रमा भने यसअघि बनेको थिएन । जुन देशका आधा भन्दा बढि जनसङ्खया क्रृषि मा आवद्द रहेका छन् त्यहि देशमा एउटा मात्र पनि कृषि पोडकास्ट नहुनु आफैमा आश्चर्यलाग्दो कुरा हो ।
यहि कुरालाई मनन गरिन् कृषि विषयमा स्नातक तह उतिर्ण गरेकी कामना काफ्लेले । कामनाले एक वर्ष पहिले "द कामना टक्स" नामको कृषि पोषकास्ट को सुरुवात गरिन्। हाल दोस्रो सिजन चलिरहेको पोडकास्टको पहिलो सिजनमा ५ एपिसोड रहेको थियो । पहिलो सिजनको अपार सफलताले नै कामनालाई दोस्रो सिजन पनि ल्याउने ईच्छा जागेको उनले बताइन् ।
नेपाल आफैमा कृषि प्रधान देश रहेको र क्रृषिमा प्रचुर सम्भावना भएपनि पछिल्लो समय नेपालीहरु यसबाट टाढा रहदै आएको पाईन्छ । जसले गर्दा कैंयौ खेति योग्य जमिनहरु यसै खेर गैरहेका छन्। नेपालमा सामान्य जिविकोपार्जनका लागि कृषि गर्नेहरुले खेतिलाई निरन्तरता दिए पनि व्यवसाहिक कृषि गर्नेहरु भने सिमित छन्। केहि सफल छन् भने अधिकांसले कृषि गर्ने क्रममा सास्ती व्वहोर्नु परेको जन गुनासो समेत छ ।
यहि कुरालाई ध्यानमा राख्दै कामनाले कृषि अनुसाशनको अवधारणा पोटकास्ट मार्फत सिर्जना गर्न खोजेकि छिन्। उनका अनुसार कृषि क्षेत्रमा लागेका सफल तथा असफल उद्दमी, कृषि व्वसायी, तथा अन्य व्यक्तित्व जो यहि क्षेत्रमा कुनै न कुनै रुपले आवद्द रहेका छन् ती अग्रज व्यक्तित्वहरुलाई कार्यक्रममा ल्याएर उनिहरुको अनुभव र यो क्षेत्रमा आवद्द रहदाबखतका उतारचढावका बारेमा कामना टक्समा छलफल हुनेछ ।
कार्यक्रममा आउने अतिथीहरुको सफलता- असफलताको कहानी,उनिहरुको खोज तथा अनुसन्धान र उनिहरुले भोग्नु परेको व्वसायीक चुनौतिका बारेमा जोडतोडले आवाज उठाउने योजना कार्यक्रमकी सञ्चालिका कामना काफ्लेले लिएकी छिन्।
यो बाहेक कृषि क्षेत्रमा सफल हुनका लागि चाहिने सम्पुर्ण आवस्यक रणनिती र योजनाका बारेमा चर्चा गरिने पनि उनले बताइन्।यो कार्यक्रम सम्पुर्ण रुपमा कृषिमा आवद्द हुन चाहने सबैलाई र विशेषगरि नँया पुस्ता जो नेपालमै कृषिका माध्यमबाट केहि गर्ने सोच बनाइरहेका छन् उनिहरुलाई लक्षित गरेर ल्याइएको पनि उनले बताइन् । यो बाहेक समग्र नेपाली समाज जो कृषिलाई नजिकबाट नियाल्न चाहन्छन् ती सम्पुर्णलाई समेट्ने काम पनि कामना टक्सले गर्दै आएको छ।
अगिल्लो सिजनमा ५ एपिसोड गरेको कामना टक्सले माटो वैज्ञानिक , कृषि उद्दमि ,चिया विकास बोर्डका प्रतिनिधि ,मुना बजारका प्रवन्ध निर्देशक र कृषि विभागका भुतपुर्व प्रतिनिधिलाई अथितिका रुपमा भित्र्याएको थियो । हाल चलिरहेको दोस्रो सिजनको पहिलो श्रृङ्खलामा कामना टक्सले विगत ५३ वर्षभन्दा बढि समय कृषिमा आवद्द रहनु भएकी हरिशरणम आमाका नामले समेत परिचित लक्ष्मि भुषाललाई अथितीका रुपमा निम्त्याईसकेको छ ।
मेट्रो तरकारी जसलाई तरकारि व्वसायको ई-कमर्स संस्था पनि भनिन्थो त्यसका पुर्व महाप्रबन्धकलाई कार्यक्रमको दोस्रो श्रृङ्खलामा देख्न पाइने छ ।यो सिजन गत सिजन भन्दा बढि एपिसोड गर्ने लक्ष्य रहेको पनि सञचालिका कामना काफ्लेले बताइन् । अघिल्लो सिजनको सफलताले यो सिजन झनै उर्जा मिलेको र अब अझै सबल ढङ्गले यसलाई अगाडि लैजाने पनि उनले बताइन् ।