काठमाडौं - शुक्रबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको छ । आज २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियाे । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ८५ रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर १७ सय ३५ रूपैयाँ कायम भएको छ ।