काठमाडौं - विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, प्रसिद्ध हिमाल आरोही ओम ओङ्गीलले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले गत शुक्रबार दिउँसो १२ः३० बजे जुगल–१ हिमालको चुचुरो सम्मको डोरी टागी सफल आरोहण गरेका हुन् ।
दुई जना नेपाली र एक जना कोरियन गरी तीन जनाले छ हजार ५९० मिटर उचाईमा रहेको जुगल–१ को सफल आरोहण गरेको कोरियन अल्पाइन महासंघको नेपालका लागि सम्पर्क कार्यालयका अध्यक्ष ङावाङिमा शेर्पाले आज पर्यटन मन्त्रालय भएको कार्यक्रममा बताएका हुन् ।
साथै प्रसिद्ध हिमाल आरोही ओम ओङ्गील र लामा बाबु शेर्पाले त्यसपछि ३ः४० बजे उक्त हिमालको सफल आरोहण गरेको शेर्पाले बताए । आरोहित ब्यक्तिहरुलाई मन्त्रालयमा पर्यटन सास्कृति तथा नागरिक उड्यत मन्त्रि हित बहादुर तामाङ खादा ओढाई बधाई दिएका थिए ।
साथै नेपाल–कोरियाको सम्बन्ध विस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीले सिन्धुपाल्चोकस्थित जुगल–१ हिमालको आरोहणकोलागि मन्त्रिपरिषद् बैठकले जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा १० जनाको लाग्ने रोयल्टी ९सलामी० दस्तुरमा छुट दिने निर्णय गरेको थियो ।नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।