कपिलवस्तु - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अस्थाई ट्राफिक पोस्ट बहादुरगंजले सचेतना कार्यक्रमलाई तिब्रता दिएकाे छ ।
अस्थाई ट्राफिक प्रहरी पोस्ट बहादुरगंज कार्यालयले आसपासका क्षेत्रहरुमासवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रममा संलग्न गरी तिब्रता दिएको हाे।
अस्थाई ट्राफिक प्रहरी पोस्ट बहादुरगंज कार्यालय मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रम लाई निरन्तरता दिइने अस्थायी ट्राफिक प्रहरी पोस्ट बहादुरगंजका प्रमुख प्रहरी नायब निरिक्षक राघव सिंह राठोरले जानकारी दिए।
सबैलाई लेन सडकको पालनामा सचेत गराइएको, विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत राठोरले बताए। सवारी नियम उलंघन गर्ने सवारी हरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसिद मार्फत गरिने गरिएकोमा हाल आनलाइन बैंकिंग मार्फत गरिदा सहजता भएको सवारी धनी हरूको बुझाई रहेको छ।
बजार क्षेत्र भित्र समेत ट्राफिक प्रहरीले सक्दो ट्राफिक व्यवस्थापन गर्न हरेक सम्भव प्रयास गर्दै आएको प्र.ना.नि. राघव सिंह राठोरले जानकारी गराएका छन । भरपूर ट्राफिक प्रहरीको सक्रियताका कारण विगतको तुलनामा यस क्षेत्रमा दुर्घटनामा कमी देखिएको र ३ जना मोटरसाइकलमा बसाल्ने तथा विना हेलमेट मोटरसाइकल चलाउनेमा समेत कमी आएको स्थानीयले बताए।