काठमाडाैं - प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसका तर्फबाट अवराेध गरेका छन् । सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन्।
सभामुख देवराज घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गरेतपनि साम्य नभएपछि पन्ध्र मिनेटका लागि सभामुखले स्थगित गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।
त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए । संसद्मा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी गरेको भन्दै उनले भने, ‘जे गर्न सोच राखिएको छ, यसको मूल्य सबैले चुकाउनुपर्छ ।’