काठमाडाैं - मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेकाे छ । मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत धादिङ्ग स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकाडेमीका विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु हस्तान्तरण गरेको हाे ।
एक सय ८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि)सामानहरु हस्तान्तरण गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका हुन्।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।