गोकर्ण - जन्मिएकाे दिनलाई सम्झनास्वरुप भव्यताका साथ रमझम गरी मनाउने परम्परा चल्दै आइरहेकाे छ । आफू जन्मेकाे उत्सवमा केक काटेर, भाेज खुवाएर मनाउने चलन बढ्दाे छ ।
समाजकाे विद्यमान यस्ता संस्कारलाई ताेड्दै गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा बस्ने विरेन्द्र सहानीले आफ्नो जन्म दिनको अवसरमा विद्यालयलाई आर्थिक सहयाेग गरेका छन् । घरमा भाेज खुवाएर खर्च गर्नु भन्दा त्यहाँ पढ्ने विद्यार्थीहरुकाे भविष्य बनाउन राम्राे काममा खर्चिन सके प्रगति हुने मनसायले सहानीले आर्थिक सहयाेग गरेका हुन् ।
उनले गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थीत रहेको अरुणोदय माध्यमिक विद्यालयलाई रु २५०००। (रु पच्चिसहजार) सहयाेग गरेका हुन् । उक्त रकम विद्यालय व्यवस्थापनका अध्यक्ष राजिव थापा र साेही विद्यालयका प्रधानाध्यापक नर बहादुर गुरुङलाई हस्तान्तर गरेका छन् ।
हस्तान्तरण पछि बोल्दै अध्यक्ष राजिव थापाले यो रकम सही ठाउँमा सदुपयोग हुने विश्वास दिलाए । यसैगरी प्रधानाध्यापक गुरुङले यस्ता सहयोगी हातहरुले आउँदा दिनमा विद्यालयकाे स्तरउन्नति गर्न सहयोग मिल्ने भन्दै उपस्थित सबैलाई धन्यवाद दिए ।