आफ्नै अनुयायी महिलालाई बलात्कारको आरोपमा बिराटनगर उच्च अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिनु एक दिन अगावै भारत पलायन भएका सिद्धबाबा भनिने कृष्ण बहादुर गिरी अन्तत सुनसरी जिल्ला अदालतमा हाजिर भएका छन् । मंगलबार आफ्नो निकटका केही अनुयायीका साथ जिल्ला अदालत सुनसरीमा हाजिर भएका गिरीलाई प्रहरीले काजगी प्रक्रिया पूरा गरेर पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
बिहान ११ बजे अदालतमा हाजिर भएका गिरी यसअघि जिल्ला अदालत सुनसरीबाट ३ लाख धरौटीमा छुटेका थिए तर उच्च अदालत बिराटनगरले जिल्ला अदालतको निर्णय उल्टाएर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि गिरी फरार भएका थिए ।