काठमाडौं - नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो उद्योग व्यवसायीहरु पलायन हुन बाध्य बनाइएकाे बताएका छन् । इकोनोमिक मिडिया एसोसिएन नेपाल (इमान) ले आयोजना गरेको प्रि-बजेट छलफल कार्यक्रममा साे बताएका हुन् ।
उनले अटो उद्योग धराशायी हुने अवस्थामा पुगेको बताए। विद्युतीय सवारीसाधन (ईभी) मात्रै अटो उद्योग नभएको भन्दै सरकारकाे ध्यानाकाषर्ण गराए । अटो उद्योग व्यवसाय गर्ने उद्यमीहरुमा पनि बजेटकाे पारदर्शीता आगामी आर्थिक वर्षमा समावेश भएकाे हेर्न चाहेकाे बताए ।
उनले भने ‘युवाहरु विदेशीरहेका छन् । यसलाई खेदेको भन्नेकी पलायन भन्ने ? गाडी बेच्न मान्छे खोज्न जान पर्ने अवस्था नआओस्,’ उनले भने, ‘ईभी बढिरहेको छ । उनका अनुसार डिजेल र पेट्रोल इन्जिनका गाडी बिक्री घटेका कारण ईभी बढीरहेको हो ।’ ‘ईभी मात्रै बिक्री रहेको छ । अरु बिकेको छैन । ईभी मात्रै अटो उद्योग हो र ?,’ उनले भने, ‘अटो सेक्टरले ९० अर्ब रुपैयाँ योगदान गर्दै आएको थियो । ३० अर्ब रुपैयाँमा झरेको छ । हामी सम्भावना भएको क्षेत्र हो । हामीलाई काम गर्ने वातावरण बनाइदिनपर्यो ।’