काठमाडाैं - वैदेशिक राेजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिक तेजनारायण महताेको परिवारलाई मलेसियास्थित कम्पनीले क्षतिपूर्ति उपलब्ध गराएकाे छ । बिहीबार हिमालयन ह्युमन रिसाेर्स प्रालिकाे संयाेजनमा कम्पनीले क्षतिपूर्तिबापतकाे रकम उपलब्ध गराएकाे हाे ।
काठमाडाैंकाे बसुन्धारास्थित हिमालयन ह्युमन रिसाेर्सकाे कार्यालयमा उपस्थित मलेसियाकाे हर्ता प्याकेजिङ इन्डष्ट्रिज (सेलाङगर) एसडिएन बीएचडीका प्रबन्ध निर्देशक ली चिन वानले मृतकका आमालाई क्षतिपूर्तिबापत २७ लाख ९३ हजार (९८ हजार ७७७ रिङगेट) रुपैयाँ हस्तान्तरण गरे।
सर्लाहीकाे ईश्ववरपुर घर भएका २२ वर्षीय महतो हिमालयन ह्युमन रिसाेर्समार्फत रोगजगारीका लागि मलेसिया गएका थिए । त्यहाँको हर्ता प्याकेजिङ इन्डष्ट्रिज कम्पनीमा उनी फोरक्लिफ्ट चालकको रुपमा कार्यरत थिए । ड्युटीकै क्रममा गत माघ ९ गते दुर्घटनामा परी उनको मृत्यु भएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक वानले नियमानुसार मृतक महतोको परिवारलाई क्षतिपूर्ति रुकम हस्तान्तरण गरेकाे बताए ।